काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो।
सिटीले घरेलु मैदानमै साउथह्याम्पटनसँग अंक बाडेको हो ।
यस बराबरीसँगै सिटीले ५ खेलमा १० अंक जोडेको छ ।
सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
साउथह्याम्पटन ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै वाट्फोर्डले नर्विच सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।