काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनको यो लिभरपुलका लागि १०० औं गोल समेत हो ।
खेलको ७८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
यस जितसँगै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलले ५ खेलमा १३ अंक जोडेको छ ।
प्यालेस ५ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।