काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले उल्भ्सलाई पराजित गरेको छ।
शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको ब्रेन्टफोर्डले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो।
उल्भ्सको मैदानमा इभान टोनीले २८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए ।
खेलको ६४ औं मिनेटमा शानडोनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै ब्रेन्टफोर्डले ५ खेलमा ८ अंक जोडेको छ । ब्रेन्टफोर्ड नवौं स्थानमा रहेको छ ।
उल्भ्स ५ खेलमा ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।