काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले अहिले फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।
तर, विमला ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएकी छिन् ।
विमलाको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन् ।