काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
फिलिपिन्सविरुद्धको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।
नेपालको सुरुवाती-११
गोलकिपर - अन्जिला सुब्बा
डिफेन्डर - हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना
मिडफिल्डर - पूजा राना,रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली कुमारी योन्जन
फरवार्ड - प्रिती राई, सबिता राना, विमला चौधरी