तर प्रशिक्षक रोनाल्ड कोमन मान्छन्, ‘बार्सिलोना चाँडै राम्रो हुनेछ ।’ टिममाथि दबाब पनि कस्तो भन्दा, डर छ कतै बार्सिलोनाको परिचय नै संकटमा त छैन् ? मध्य साता युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकको हातबाट पराजित रह्यो ।
त्यसमा बार्सिलोनाको खेल हेर्न लायक थिएन् । लियोनल मेसीले छाडेयता बार्सिलोना खराब छ भन्नेका कसैलाई शंका छैन्, त्यसैले धेरैले च्याम्पियन्स लिगमा टिमको सम्भावना पनि कमैले मात्र देखेका छन् । तर अहिले तत्काल बार्सिलोनासामु केही सजिला खेल छन्, सुरुमा ग्रेनेडा, त्यसपछि काडिज र लेभान्टे ।
यी तीन खेलमा जित निकालेर बार्सिलोनाले आफूलाई लयमा फर्काउन सक्छ । प्रशिक्षकले भनेका छन्, ‘हामी अहिले जे जस्तो छौं, त्यस्तै हौं । त्यस्तैबाट काम निकाल्नु छ ।’
अहिले बार्सिलोनामा देखिएको अर्को समस्या भनेको प्रशिक्षकका रूपमा कोमन र क्लबका अध्यक्ष जोन लापोर्टाबीचको सम्बन्ध कमजोर हुनु हो । केहीले कतिसम्म दाबी गरेका छन् भने प्रशिक्षक कुनै पनि बेला वर्खास्त हुन सक्छन् ।
यता लिगमा शनिबार एटलेटिको म्याड्रिडले एथलेटिको क्लबको सामना गर्नेछ । आइतबार राति रियल म्याड्रिड भने लयमा रहेको भ्यालेन्सियाको भ्रमणमा निस्कनेछ । भ्यालेन्सियाले सुरआती चार खेलबाट १० अंक बटुलेको छ र नयाँ प्रशिक्षक जोसे बोरडालासको नेतृत्वमा सुखद सुरुआत लिएको छ ।