काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्।
चोटको कारण इब्राहिमोभिचले लिभरपुलविरुद्धको खेल गुमाउने भएका हुन् ।
च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा मिलानले बुधबार लिभरपुलविरुद्ध खेल्नेछ ।
३९ वर्षीय इब्राहिमोभिच करिब ४ महिनापछि मैदान फर्किएका थिए ।
इब्राहिमोभिचले सिरी ए अन्तर्गत लाजियोविरुद्ध गोल समेत गरेका थिए ।
तर, अभ्यासको दौरान उनले चोट बोकेको बताईएको छ ।