काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब फ्रेन्ड्सले डिफेन्डर सुरज विकलाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट डिफेन्डर सुरजलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्ड्सले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुरजलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
अनुभवी डिफेन्डर सुरजले यस अघि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबाट खेलेका थिए ।
सुरजले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् ।
फ्रेन्ड्सले गत साता प्रकाश बुढाथोकीलाई कप्तानको रुपमा अनुबन्ध गरेको थियो ।