काठमाडौं । फ्रान्सेली लिग वानको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ । त्यहाँको माथिल्लो डिभिजनका पछिल्ला केही सिजन को को विजेता रहे त ?
अनि त्यहाँ सर्वाधिक धेरै लिग वान जित्ने टिम कुन कुन हुन त ? नयाँ सिजन सुरु हुने पूर्व सन्ध्यामा यसको अर्थ पक्कै हुनेछ ।
पछिल्ला १० सिजनका विजेता यस प्रकार छन् ।
२०२०–२१ लिले
२०१९–२० पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१८–१९ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१७–१८ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१६–१७ मोनाको
२०१५–१६ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१४–१५ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१३–१४ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०१२–१३ पेरिस सेन्ट जर्मेन (पीएसजी)
२०११–१२ मोँपिलिएर
फ्रान्सेली लिग वान सर्वाधिक १० पल्ट जित्ने क्लब भने सेन्ट स्टेन हो । उसले अन्तिम पटक सन् १९८१ मा लिग जितेको थियो ।
त्यसपछि नौ नौ पल्ट लिग जित्ने दुई टिम छन्, पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्से । मार्सेले सन् २०१० यता लिग जित्न सकेको छैन् ।
पछिल्लो समय लिग वानमा पीएसजीको आधिपत्य रहेको छ ।
त्यस्तै मोनाको र नेन्ट्सले आठ आठ पल्ट लिग वान जितेका छन् । त्यसपछि सात पल्ट जितेको लियोन, छ पल्ट जितेको बोर्डो र रेइम्स तथा चार पल्ट जितेको लिले र निस आउँछ ।
–एएफपीको सहयोगमा ।