एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रेलिसलाई अनुबन्ध गरेको छ ।
सिटीले बिहीबार राति इंग्ल्यान्डका मिडफिल्डर ग्रेलिसलाई अनुबन्ध गरेको जनाएको छ ।
सिटीले ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
ग्रेलिसका लागि सिटीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो ।
यस अघि सन् २०१६ मा म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पाउल पोग्बा ८९ मिलियन पाउन्ड खर्चिएको थियो ।
त्यस मूल्य बेलायती क्लबले खर्चेको सबैभन्दा बढी मूल्य थियो ।
२५ वर्षीय ग्रेलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
'हाम्रो देशमा सिटी उत्कृष्ट टिम हो । क्लबको हिस्सा हुन पाउँदा सपना पूरा भएको छ,’ सम्झौतापछि ग्रेलिसले भनेका छन् ।
ग्रेलिसले सिटीमा १० नम्बरको जर्सी लगाउने छन् ।
यस अघि १० नम्बरको जर्सी सर्जियो अग्युरोले लगाउदै आएका थिए ।
अग्युरो बार्सिलोनामा आबद्द भईसकेका छन् ।
ग्रेलिसले एस्टनका लागि २ सय १३ खेलमा ३२ गोल गरेका छन् । यस्तै ४३ असिस्ट समेत गरेका छन्।
इंग्ल्यान्डका लागि उनले १२ खेल खेलिसकेका छन् ।
युरो २०२० मा उनी इंग्ल्यान्डका लागि ‘पोस्टर ब्वाइ’ सावित भएका थिए ।