एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा विंगर फाकुन्डो पेलिस्ट्री स्पेनिस क्लब अलाभेसमा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब अलाभेसले फाकुन्डोलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
१९ वर्षीय विंगर २०२० मा ९ मिलियन पाउण्डमा युनाईटेड आएका थिए ।
विंगर फाकुन्डोले गत सिजन पनि अलाभेसबाटै लोनमा खेलेका थिए ।
उरुग्वेका फाकुन्डोले गत सिजन ला लिगामा १२ खेल खेलेका थिए ।
उनले उरुग्वेको उमेर समूहको टिमबाट खेलिसकेका छन् ।