एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच आज नयाँ सम्झौता हुने भएको छ ।
बार्सिलोनाले आज मेस्सीसँग नयाँ सम्झौता गर्ने गोलडटकमले जनाएको छ ।
क्लबसँगको नयाँ सम्झौताका लागि मेस्सी बार्सिलोना आईसकेको समेत बताईएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको छ । तर, मेस्सीको ५० प्रतिशत तलब कतौनी हुने बताईएको छ ।
क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । तर, मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।
मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।