एजेन्सी । प्रि-सिजन अन्तरगतको मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ ।
बुधबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
रेड बुल एरिनामा खेलको ४३ औं मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८३ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ९० औं मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै साल्जवर्गलाई २-१ को जित दिलाए ।