एजेन्सी । प्रि-सिजन तयारी अन्तरगतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लेष्टर सिटीले स्पेनिस क्लब भिल्ला रियललाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा लेष्टरले भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
किङ्स पावर स्टेडियममा काग्लर सोयुन्कुले ४० औं मिनेटमा गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दा लेष्टर २-० ले अघि रह्यो ।
५१ औं मिनेटमा आयोजे परेजले गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा फेर निनोले गोल गर्दै भिल्लालाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा भिल्लाका एलेक्स मिलानले गोल गरेपनि लेष्टर ३-२ ले विजयी भयो ।