एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले फरवार्ड ड्यानी इंग्सलाई अनुबन्ध गरेको छ ।
एस्टनले फरवार्ड ड्यानीलाई साउथह्याम्पटनबाट अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका फरवार्ड ड्यानीले एस्टनसँग तीन वर्षको सम्झौता गरेका छन् ।
एस्टनले ड्यानी अनुबन्धको रकम भने खुलाएको छैन ।
२९ वर्षीय फरवार्डले गत सिजन २९ प्रिमियर लिग खेलमा १२ गोल गरेका थिए ।
ड्यानी सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन आएका थिए ।
एक सिजन लोनमा खेलेका ड्यानीलाई साउथह्याम्पटनले स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
ड्यानीले इंग्ल्यान्डको लागि ३ खेलमा १ गोल गरेका छन् ।