एजेन्सी । इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघात भएपछि पहिलो पटक क्लबको प्रशिक्षण मैदान फर्किएका छन् ।
एरिक्सन बुधबार टिमले प्रशिक्षण गर्ने सनिङ ट्रेनिङ सेन्टर आएको र टिमको सदस्यसँग छलफल गरेको इन्टरले जनाएको छ ।
डेनमार्कका मिडफिल्डर एरिक्सन युरोकप फुटबल दौरान हृदयघात भएपछि मैदान बाहिर रहदै आएका छन् । उनी ५३ दिनपछि फुटबल मैदान फर्किएका हुन् ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
यस्तै एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको थियो ।
एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्कनेबारे केहि बताईएको छैन ।
तर, इटालियन फुटबल फेडेरेसनको टेक्निकल साईन्टिफिक कमिटिले एरिक्सनको शरीरमा जडान गरिएको आइसिडी नहटाएसम्म उनले खेल्न नमिल्ने जनाएको छ ।