एजेन्सी । युभेन्ट्का प्रशिक्षक मिसिमिलिआनो एलेग्रीले वर्तमान अवस्थामा क्रिस्टियानो रोनाल्डोको क्लबमा बढी जिम्मेवारी रहेको बताएका छन् ।
उनले नयाँ सिजन रोनाल्डोबाट युभेन्ट्सले धेरै आशा राखेको बताए ।
रोनाल्डो गत सोमबारबाट युभेन्ट्सको अभ्यासमा फर्किएका छन् । रोनाल्डोका टुरिन बसाइका विषयमा विभिन्न अड्कलबाजी भएको करिब एक महिनापछि इटाली आइपुगेका हुन् । क्लबसंग रोनाल्डोको सम्झौता सकिन १२ महिनामात्र बाँकी छ ।
युभेन्ट्सका उपाध्यक्ष पावेल नेवेदले पाँच पटकका फिफा वालेन डी ओर विजेता खेलाडी क्लबमै बस्ने बताएका थिए ।
प्रशिक्षक एलेग्रीले नयाँ सिजन सुरु हुदै गर्दा युवा खेलाडीलाई रोनाल्डोले राम्रो उदाहरण प्रस्तुत गरेको हेर्न चाहन्छन् ।
‘रोनाल्डो महान खेलाडी हुन् । स्मार्ट छन् । मैले अरुसंग कुरा गरेजस्तै उनीसंग कुरा गरेको छु ।’ एलेग्रीले पत्रकार सम्मेलनमा भने ।
‘मैले उनलाई भनेको छु । यो महत्वपुर्ण सिजन हो । म उनीसंग फेरी भेट गर्न उत्सुक छु । अहिले उनीसंग थप जिम्मेवारी छन् । किनभने तीन वर्ष पहिलो हामीसंग धेरै अनुभवी टिम थियो । जबकी अहिले युवा खेलाडीहरु छन् ।’ एलेग्रीले थपे ।
‘जिम्मेवारीको रुपमा मैले उनीबाट धेरै अपेक्षा गरेको छु । उनी अहिले राम्रो अवस्थामा छन् । र उनी फिट छन् ।’ उनले भने ।
‘एक सिजनमा फरक क्षणहरु छन् । प्रत्येक तीन दिनमा एक खेल खेल्दै सबै खेलाडीलाई समावेश गरेर टिमलाई घुमाउन आवश्यक छ ।’ एलेग्री बाध्यता सुनाउछन् ।
एलेग्रीको अन्तिम सिजन रोनाल्डो आक्रमक खेलको केन्द्रमा थिए । ३६ वर्षिया रोनाल्डोले सिरि एको ३१ खेलमा २१ गोल गर्दै युभेन्ट्सलाई उपाधि जिताएका थिए ।
उनले मौरिजियो सर्री नेतृत्वमा सोही प्रर्दशन गरेका थिए । दोस्रो सिजन उनले ३३ खेलमा ३१ गोल गरेका थिए ।
सर्रीलाई प्रतिस्थापन गर्दै क्लबको नेतृत्वमा आन्द्रे पिर्लो आए । तर युभेन्ट्सले घरेलु लिगबाट उपाधि बिमुख बनेको थियो । उनले तेस्रो सिजन ३३ खेलमा २९ गोल गरेपनि घरेलु लिग र च्याम्पियन्स लिगमा युभेन्ट्सले कुनै उपाधि जित्न सकेन ।