एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा जर्मनीको यू-२३ टिमले जित निकालेको छ ।
आइतबार भएको खेलमा जर्मनीले साउदी अरेबियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा समेटिएको जर्मनीका लागि नादिम अमिरी, राग्नर आच र फेलिक्स उडोखाईले एक एक गोल गरे । जर्मनीका आमोस पाइपरले रातो कार्ड पाएका थिए ।
साउदीका सामी अल नाजेईले दुई गोल गरे ।
ओलम्पिक अन्तर्गत नै स्पेनले अष्ट्रेलियालाई १-० ले हराएको छ । स्पेनको जितमा मिकेल ओयार्जाबलले एक गोल गरे ।
दक्षिण कोरियाले रोमानियालाई ४-० ले हराएको छ ।
त्यस्तै जापानले मेक्सिकोलाई २-१ ले हराएको छ ।