एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले एटलान्टाका गोलकिपर पियरलुइगी गोलिनीलाई अनुबन्ध गरेको छ ।
क्लबले एक सिजन लोनमा एटलान्टाका गोलकिपरलाई अनुबन्ध गरेको छ । सम्झौतामा स्थायी रुपमा किन्न सकिने समेत विकल्प राखिएको छ ।
मुख्य प्रशिक्षकको रुपमा आएका नूनो एस्पिरिटो सान्टोले पहिलो खेलाडीको रुपमा गोलकिपर अनुबन्ध गरेका हुन् ।
सन् २०१६ मा च्याम्पियनसिप क्लब एस्टन भिल्लाबाट गोलिनीले २० पटक खेलेका थिए । त्यसपछि उनी एटलान्टा गएका थिए । पछिल्लो तीन सिजन उनी पहिलो रोजाईको रुपमा खेलेका थिए ।
उनले इटालीबाट मात्र एक क्याप खेलेका छन् । युरो २०२० मा उनी छनोटमा असफल भएका थिए ।