एजेन्सी । म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले क्लबसंग सम्झौता नविकरण गरेका छन् ।
नयाँ सम्झौता अनुसार सोल्सायर सन् २०२४ सम्म युनाइटेडमा बस्नेछन् । थप एक वर्षको विकल्प समेत राखिएको छ ।
नर्वेजियन प्रशिक्षक सोल्सायरले सन् २०१९ को मार्चपछि स्थायी रुपमा क्लब हेर्न थालेका हुन् । मुख्य प्रशिक्षक जोसे मौरिन्हो बर्खास्तमा परेपछि अन्तरिम प्रशिक्षकको रुपमा युनाइटेडले सोल्सायरलाई क्लबको जिम्मेवारी दिएको थियो ।
गत सिजन उनले युनाइटेडलाई दोस्रो स्थानमा पुर्याएका थिए । युरोपा लिगको फाइनल पुगेपनि युनाइटेड उपाधिबाट बञ्चित बनेको थियो ।
सोल्सायरले नयाँ अनुबन्धमा हस्ताक्षर गर्दै आफु खुसी रहेको बताए ।
'हामी पहिले भन्दा धेरै आश्वस्त छौं । ओलेको नेतृत्वमा हामी सही दिशातर्फ अघि बढिरहेका छौं ।' क्लबका कार्यकारी उपाध्यक्ष एड वुडवर्डले भने ।
'ओले र उनको टिमले मैदानमा दीर्घकालिन सफलता प्राप्त गर्नका लागि धेरै प्रयास गरेका छन् ।' उनले थपे ।
'त्यसको परिणाम पछिल्लो दुई सिजनमा तिव्र रुपमा देखिईरहेको छ । हामी यस रोमाञ्चक टिमको अघिल्लो वर्षमा अझ विकसित भएको देख्न उत्सुक छौं ।' ओलेले थपे ।