एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले युवा मिडफिल्डर मायल पिअर्ट ह्यारिसलाई अनुबन्धित गरेको छ ।
ब्रेन्टफोर्डले चेल्सीबाट मिडफिल्डर ह्यारिसलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका ह्यारिसले प्रिमियर लिगको नव प्रवेशी क्लबसँग चार वर्षको सम्झौता गरेका छन् ।
ब्रेन्टफोर्डले उनलाई सम्झौता थप गर्ने बिकल्प समेत दिएको छ ।
१८ वर्षीय मिडफिल्डर चेल्सीको युथ टिमका महत्वपूर्ण खेलाडी हुन् ।
उनले गत सिजन यू-१८ टिमका लागि ४ खेलम ४ गोल गरेका थिए ।