एजेन्सी । अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गरेका छन् ।
पीएसजीले मुख्य प्रशिक्षक पोचेटिनोले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब पोचेटिनो सन् २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।
पोचेटिनो २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
४९ वर्षीय पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटेनहमबाट बर्खास्तमा परेका थिए ।
पोचेटिनो पीएसजीको पूर्व खेलाडी समेत हुन् । उनले पीएसजीबाट सन् २००१ देखि ३ सम्म खेलेका थिए ।