काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका महिला टिमसँग अन्तरक्रिया गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अलमुताइरीले शुक्रबार महिला टिमसँग अन्तरक्रिया गरेको जनाएको छ ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेको महिला टिमलाई प्रेरणा र हौशला दिन अलमुताइरीले अन्तरक्रिया गरेका हुन् ।
नेपाली टोलीले गत साताबाट बन्द प्रशिक्षण सुरु गरेको थियो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।
छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।