एजेन्सी । इंग्लिस क्लब टोटेनहमका फरवार्ड सन ह्युङ मिनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
टोटेनहमले शुक्रबार दक्षिण कोरियन फरवार्डले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सनले टोटेनहममा थप चार वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
नवीकरणसँगै उनी २०२५ सम्म टोटेनहममा रहने छन् ।
२९ वर्षीय फरवार्ड २०१५ मा जर्मन क्लब बायर लिभरकुसेनबाट टोटेनहम आएका थिए ।
सनले टोटेनहमका लागि २ सय ८० खेलमा १ सय ७ गोल र ६४ असिस्ट गरेका छन् ।
सनले दक्षिण कोरियाका लागि ९१ खेलमा २७ गोल गरेका छन् ।