काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले फरवार्ड रन्जन विष्टलाई अनुबन्धित गरेको छ ।
चार पटकको च्याम्पियन एनआरटीले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि शुक्रबार रन्जनलाई अनुबन्ध गरेको हो ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले लिगका लागि रन्जनलाई अनुबन्ध गरिएको बताए ।
'यस लिगसम्मको लागि रन्जनलाई अनुबन्ध गरेका हौँ । अन्य खेलाडी भित्र्याउन छलफल भईरहेको छ,' शाक्यले भने ।
यस वर्षको 'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।
रन्जनले अघिल्लो सिजनको लिग मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।
रन्जनले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटीबाट खेलेका थिए ।
एनआरटीले यस अघि दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ ।