एजेन्सी । स्कटिस क्लब सेल्टिकले स्विडिस डिफेन्डर कार्ल स्टारफेल्टलाई अनुबन्धित गरेको छ ।
सेल्टिकले रसियन क्लब रुबिन कजानबाट डिफेन्डर कार्ललाई अनुबन्धित गरेको हो ।
२६ वर्षीय डिफेन्डरले सेल्टिकसँग चार वर्षको सम्झौता गरेका छन् ।
डिफेन्डर कार्ल दुई सिजन काजनमा बिताएर सेल्टिक आएका हुन् ।
काजनका लागि उनले ३९ लिग खेलमा २ गोल गरेका थिए ।
सेन्टर ब्याक कार्लले स्विडेनको राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।