एजेन्सी । प्रिमियर लिग क्लब एभर्टनले आन्द्रोस टाउनसेन्डलाई अनुबन्धित गरेको छ ।
एभर्टनले मंगलबार इंग्ल्यान्डका विंगर टाउनसेन्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
क्रिस्टल प्यालेसका विंगरलाई एभर्टनले फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो ।
गत सिजनको अन्त्यसँगै क्रिस्टलसँग उनको सम्झौता सकिएको थियो ।
३० वर्षीय विंगरले एभर्टनसँग दुई वर्षको सम्झौता गरेका छन् ।
राफायल बेनिटेज मुख्य प्रशिक्षक नियुक्त भएपछि एभर्टनले पहिलो खेलाडीको रुपमा टाउनसेन्डलाई अनुबन्ध गरेको हो ।
टाउनसेन्डले क्रिस्टलका लागि १ सय ८५ खेलमा १३ गोल गरेका थिए । उनी न्युकासलबाट २०१६ मा क्रिस्टल आएका थिए ।
उनले इंग्ल्यान्डका लागि १३ खेल खेलेका छन् ।