एजेन्सी । पोर्चुगिज क्लब पोर्टोले मिडफिल्डर मार्को ग्रुजिचलाई स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको छ ।
पोर्टोले इंग्लिस क्लब लिभरपुलबाट मार्कोलाई अनुबन्ध गरेको हो ।
लिभरपुलले मंगलबार मिडफिल्डर मार्को स्थायी खेलाडीको रुपमा पोर्टोमा अनुबन्ध भएको जनाएको छ ।
सर्बियन मिडफिल्डरले गत सिजन पोर्टोबाट लोनमा खेलेका थिए ।
उनले गत सिजन पोर्टोका लागि ३९ खेलमा २ गोल गरेका थिए ।
२५ वर्षीय मिडफिल्डर सन् २०१६ मा लिभरपुल आएका थिए ।
तर, उनी लगातार लोनमा खेल्दै आइरहेका छन् ।
लिभरपुलका लागि उनले ८ खेल खेलेका थिए ।