काठमाडौं। सहिद स्मारक 'ए' डिभिजन क्लब जावलाखेल युथ क्लबका गोलकिपर टेकेन्द्र थापाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
पहिलो रोजाईका गोलकिपर थापाले आगामी 'ए' डिभिजन लिग र राष्ट्रिय लिग सम्मका लागि जावलाखेलसँग सम्झौता गरेका हुन् ।
'ए' डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।
'अबको 'ए' डिभिजन लिग र राष्ट्रिय लिगसम्मका लागि क्लबसँग नयाँ सम्झौता गरेको छु,' गोलकिपर थापाले खेलपाटीसँग भने।
कन्चनपुर निवासी गोलकिपर थापा पछिल्लो चार वर्ष यता जावलाखेलबाट खेल्दै आईरहेका छन् ।
गत वर्षको 'ए' डिभिजन पनि उनले जावलाखेलको पोस्ट सम्हालेका थिए ।
त्यसअघि उनले श्री कुमारी क्लबबाट 'बी' डिभिजन लिग खेलेका थिए ।
पहिलो फ्रेन्चाईच फुटबल नेपाल सुपर लिग (एनएसएल) मा थापा धनगढी सिटीमा आबद्द थिए । तर, राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ टिममा रहदा उनले मैदान उत्रने मौका पाएनन् ।
धनगढी एनएसएलको उपविजेता बनेको थियो ।