एजेन्सी । ब्राजिलियन विंगर भिनिसियस जुनियर रियल मड्रिडमै रहने भएका छन्।
स्पेनिस क्लब रियलले भिनिसियसलाई नबेच्ने निर्णय गरेको छ ।
पछिल्लो समय भिनिसियसले क्लब छाड्ने चर्चा चलेको थियो ।
२१ वर्षीय भिनिसियस इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँग जोडिएका थिए ।
तर, रियलले उनलाई युनाईटेड जान प्रस्ताव नगरेको गोल डटकमले जनाएको छ ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले उनलाई क्लबमै मौका दिने र उनको खेलमा निखार ल्याउने योजना बनाएको गोलले जनाएको छ ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो परेजको मनपर्ने खेलाडीमा भिनिसियस पनि एक हो । उनले कोचिङ स्टाफलाई सम्मान दिने गरेको समेत बताईएको छ ।
भिनिसियस सन् २०१८ मा रियलको एकेडेमी आएका थिए । उनले त्यहि वर्ष सिनियर टिममा डेब्यु गरेका थिए ।