एजेन्सी । इंग्लिस क्लब नर्विच सिटीका कप्तान तथा डिफेन्डर ग्रान्ट हान्लेले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
नर्विचले सोमबार कप्तान ग्रान्टले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै डिफेन्डर ग्रान्ट २०२५ सम्म नर्विचमा रहने छन् ।
२९ वर्षीय डिफेन्डर ग्रान्ट २०१७ मा न्युकासल युनाईटेडबाट क्लब आएका थिए ।
नर्विचले गत सिजन च्याम्पियनसिपको उपाधि जित्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
गत सिजन च्याम्पियनसिपमा उनले ४२ खेल खेलेका थिए ।
स्कटल्याण्डका डिफेन्डर ग्रान्टले राष्ट्रको लागि ३६ खेलमा २ गोल गरेका छन् ।
हालै सकिएको युरोमा उनले ३ खेल खेलेका थिए ।