एजेन्सी । रियल मड्रिडका फरवार्ड ब्राहिम डियाजले फेरि इटालियन क्लब एसी मिलानबाट खेल्ने भएका छन् ।
मिलानले सोमबार स्पेनिस फरवार्डलाई पुन: लोनमा अनुबन्धित गरिएको जनाएको छ ।
डियाजलाई मिलानले दुई वर्षको लागि लोनमा अनुबन्धित गरेको हो ।
गत सिजन पनि डियाजले मिलानबाटै लोनमा खेलेका थिए ।
रियलले डियाजलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि मिलानलाई विकल्प समेत दिएको छ ।
२१ वर्षीय डियाजले गत सिजन मिलानका लागि ३९ खेलमा ७ गोल गरेका थिए ।
डियाज सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रियल आएका थिए ।
मालागाको एकेडेमीमा हुर्किएका डियाजले सिटीको सिनियर टिमबाट ५ खेल खेल खेलेका थिए ।
यस्तै डियाजले रियलका लागि १५ खेलमा १ गोल गरेका थिए ।
डियाज स्पेनिस यू-२१ टोलीका महत्वपूर्ण सदस्य समेत हुन् ।