क्लबका समर्थक पनि उत्साही छन् र तिनले बिर्सने प्रयास गरेका छन्, टिमको पछिल्लो खराब प्रदर्शन । इटालीमा पनि इंग्लिस फुटबल उत्तिकै लोकप्रिय छ । सबैलाई थाहा छ, टोटेनहममा मोउरिन्होको कमजोर प्रदर्शन ।
हुन त अब उनी पहिलेका जस्ता प्रशिक्षक रहेनन् । एक दशकअगाडि उनको जुन जादुयी प्रदर्शन थियो, अब रहेन । यस्तोमा पत्रकारदेखि समर्थक सबैले यो प्रश्न पनि गरिरहेका छन्, अब रोमा र मोउरिन्होको साझेदारी कस्तो हुनेछ त ? पक्कै पनि मोउरिन्होलाई फेरि एकपल्ट आफूलाई प्रमाणित गर्नुपर्नेछ । उनको प्राय: मनग्य खर्चने, ठूल्ठूला अनुबन्ध गर्ने, लगातार ध्यान खिच्ने अनि तुरुन्तै उपाधि जित्ने बानी छन्, तर यी सबै रोमामा हुने छैन ।
रोम फुटबलका लागि निकै गज्जब सहर हो, चुनौती पनि उत्तिकै रहेको छ । यो सहरमा फुटबलबारे चौबीसै घण्टा, सातै दिन चर्चा भइरहन्छ । समर्थक पनि उत्तिकै सानदार छन् । फेरि यस्ता समर्थकलाई सफलता पनि त चाहिन्छ, उपाधिका रूपमा ।
पिन्टुले भनेका छन्, मोउरिन्हो रोमाका लागि उपयुक्त र ठीक प्रशिक्षक हुन् । अब मोउरिन्होले के कस्तो काम गर्ने हुन् त ? यो हेर्नलायक हुनेछ । निश्चित छ, यसपल्ट उनले सामना गर्ने चुनौती निकै फरक छ, यो फरक यात्रा हुनेछ ।