एजेन्सी । स्पेनिस रक्षक सर्जियो रामोसले बार्सिलोना स्टार लियोनल मेस्सीको प्रशंसा गरेका छन् ।
रियल मड्रिडका पूर्व डिफेन्डर रामोसले बार्सिलोना स्टार लियोनल मेस्सीले आफ्नो टिममा सबै भूमिका खेल्ने बताए ।
उनले भने, ‘मेस्सी सधै मेरो टिमका ‘रोलमोडल’ हुन् ।’
रामोसले एक अन्तरवार्तामा बार्सिलोनाका फरवार्ड मेस्सी र पूर्व खेलाडी नेयमारसंगको सम्बन्धको विषयमा खुलेर कुरा गरेका छन् ।
रामोसले लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताए । उनी १६ वर्षको स्पेनको बसाईलाई टुङ्गो लगाउँदै फ्रान्स आईपुगेका छन् । उनलाई लिग वानको सफल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई वर्षका लागि अनुबन्ध गरेको छ ।
स्पेनका अनुभवी डिफेन्डरले ला लिगामा अर्जेन्टिनी फरवार्डसंग लामो समय खेले । उनले प्रतिद्धन्दीको रुपमा सधै मेस्सी रोक्ने प्रयास गरे । एल क्लासिकोमा दुई खेलाडीको प्रभाव अझ बढी देखिन्थ्यो ।
फ्रान्समा नयाँ चुनौती लिएका रामोसले मेस्सीको तारिफ गरेका हुन् । बार्सिलोनासंग सम्झौता सकिएपछि मेस्सी पीएसजीसंग समेत जोडिएका थिए । ३५ वर्षिया डिफेन्डरले पाँच पटकको वालेन डी ओर विजेता मेस्सीको आफु सधै प्रशंसक रहेको बताए ।
‘म सधै उत्कृष्ट खेलाडीसंग खेल्न चाहन्छु । मेस्सी विश्वका उत्कृष्ट मध्यका एक खेलाडी हुन् ।’ रामोसले टीएनटी स्पोर्टससंग कुरा गर्दै भनेका छन् ।
‘मैले सधै भन्ने गरेको छु, मेस्सी मेरो टिमको प्रेरणाको स्रोत हुन् ।’ उनले भने ।
ला लिगामा रहदा रामोसले अर्का ब्राजिली फरवार्डको समेत सामना गरे । नेयमारले सन् २०१३ देखि २०१७ सम्म चार वर्ष बिताएका थिए ।
दुवै खेलाडी अहिले पीएसजीमा छन् । नेयमारले पीएसजीसंग लामो समयको सम्झौता गरेका छन् । उनी करियरको महत्वपुर्ण समय पीएसजीमा बस्न सहमत बनेका छन् ।
रामोसले ब्राजिली स्टार नेयमारसंग समेत बलियो सम्बन्ध रहेको बताए ।
‘तथ्य के हो भने उनी बार्सिलोनामा थिए । म रियल मड्रिडमा थिए । मेरो उनीसंग निकै राम्रो सम्बन्ध छ ।’ रामोसले थपे ।
‘धेरै वर्ष एक आपसमा प्रतिस्पर्धा गरेपनि हामीले एक सम्बन्ध बनाएका थियौं । उनले मलाई पीएसजी आउन सन्देश पठाएका थिए ।’ उनले भने ।
‘म सधै कृतज्ञ छु, नेयमारले मलाई पीएसजी आउन प्रोत्साहीत गरे ।’ रामोसले थपे ।