एजेन्सी । एमएलएस लिग क्लब एटलान्टा युनाईटेडले मुख्य प्रशिक्षक ग्राबियल हेन्जेलाई बर्खास्त गरेको छ ।
एमएलएस लिगमा टिमले खराब प्रदर्शन कायम राखेपछि अर्जेन्टिनी प्रशिक्षक ग्राबियल बर्खास्तमा परेका हुन् ।
एटलान्टाले गत डिसेम्बरमा ग्राबियललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, ४३ वर्षीय प्रशिक्षक १३ खेलपछि नै बर्खास्त परेका हुन् ।
उनको नेतृत्वमा एटलान्टाले १३ खेलमा मात्र दुई जित निकालेको छ । एटलान्टा यस सिजन इस्टर्न क्षेत्रको १० औं स्थानमा रहेको छ ।
ग्राबियल बर्खास्तमा परेपछि एटलान्टाले सहायक प्रशिक्षक रोब भ्यालेन्टिनोलाई अन्तरिम प्रशिक्षक चयन गरेको छ ।
म्यानचेस्टर युनाईटेड, पीएसजी, रियल मड्रिड, रोमा लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका ग्राबियल अर्जेन्टिनाको भिलिज सार्सफिल्डमा तीन वर्ष बिताएर एमएलएस क्लब आएका थिए ।