काठमाडौं । कोही खेलाडीको कुनै क्लबमा कत्तिको प्रभाव हुन्छ, सर्जियो रामोस र रियल मड्रिडलाई हेरे पुग्छ ।
यी लेजेन्डरी सेन्टर ब्याकले भर्खरै क्लब छाडेका छन्, १६ वर्ष इस्टाडियो बर्नाबाउमा बिताएर । जति बेला उनी पहिलो पल्ट रियल आएका थिए, उनले ४ नम्बर जर्सी लिए ।
यसअघि यो जर्सी फर्नान्डो हिएरोले लगाउने गर्थे ।
सेभियाबाट रियल आएका रामोसले हिएरोको स्थान लिने चुनौती स्विकारे । अहिले रामोसले रियल छाडेको पनि साढे दुई साता भयो ।
तर, उनी गएयता यही ४ नम्बर जर्सी लगाएर खेल्छुं भनेर दाबी गर्ने कोही अगाडि आएका छैनन् । यस्तै स्थिति स्पेनी टिममा पनि रह्यो । ला रोजाका लागि रामोस १५ नम्बर जर्सी लगाउने गर्थे ।
युरो २०२० खेलेको लुइस एनरिकेको टिमका कोही पनि खेलाडीले त्यो १५ नम्बर जर्सी लगाएनन् ।
स्पेनी टिममा पनि रामोसको प्रभाव यत्तिको थियो । हुन् पनि, युरो छनोट यात्रामा स्पेनले रामोसकै नेतृत्वमा खेलेको थियो । तर जति बेला युरो खेल्ने बेला आयो, अन्तिम समयमा उनलाई टिममा राखिएन् ।
यता रियलमा रामोसको भूमिकामा खेल्न डेविड अल्बा आएका छन् । तर उनी पनि यो ४ नम्बर जर्सी लिन तयार देखिएका छैनन् ।
खासमा यो ४ नम्बर जर्सीसँग रियलको इतिहास जोडिएको छ । यो जर्सी लगाएर केही लेजेन्डरी खेलाडीले खेलेका छन्, जस्तो, पिरी, उलि स्टेलाइक, रिकार्डो रोचा र राफेल अल्कार्टो ।
ढिलो चाँडो कोही न कोही खेलाडीले रियलका लागि ४ नम्बर जर्सी पक्कै लगाउने छन् । यस पछाडि एउटा प्राविधिक कारण पनि छ र यो हो, सुरुआती पहिलो रोजाइका खेलाडीले १ देखि २५ नम्बरको जर्सी लगाउनु पर्छ ।
कसैले नम्बर ४ जर्सी लगाएन भने घाटा टिमलाई नै हुनेछ । तर पनि कसैले पनि रोमोसको यो जर्सिमा दाबी गर्न सकिरहेका छैनन् ।
-द मार्काबाट अनुवाद ।