एजेन्सी । इंग्लिस क्लब चेल्सीका युवा फरवार्ड अर्मान्डो ब्रोजाले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
चेल्सीले आइतबार १९ वर्षीय फरवार्डले नयाँ सम्झौता गरेको जनाएको छ ।
नयाँ सम्झौतासँगै ब्रोजा २०२६ सम्म चेल्सीमा रहने छन् ।
'चेल्सीसँगको नयाँ सम्झौताले म निकै उत्साहित छु,' ब्रोजाले भनेका छन् ।
अल्बानियाका फरवार्ड २०२० मा टोटेनहमबाट चेल्सी आएका थिए ।
उनले गत वर्ष एभर्टनविरुद्धको खेलबाट चेल्सीको सिनियर टिममा डेब्यु गरेका थिए ।
गत वर्षको अगस्टमा ब्रोजा डच क्लब भिट्सेमा लोनमा अनुबन्धित भएका थिए ।
उनले डच क्लबका लागि ३० खेलमा १० गोल गरेका थिए ।