एजेन्सी । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले डिफेन्डर मार्क गुहीलाई अनुबन्धित गरेको छ ।
क्रिस्टलले आइतबार सेन्टर ब्याक मार्कलाई अनुबन्धित गरिएको जनाएको छ ।
क्रिस्टलले मार्कलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले क्रिस्टलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
चेल्सीको एकेडेमीमा हुर्किएका मार्कले पछिल्लो समय लोनमा स्वान्सी सिटीबाट खेलेका थिए ।
च्याम्पियनसिप क्लबका लागि उनले ५९ खेल खेलेका थिए ।
मार्कले इंग्ल्यान्डको उमेर समूहको सबै टिमबाट खेलेका छन् ।