एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार भएको मैत्रीपूर्ण खेलमा युनाईटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
प्राइड पार्क स्टेडियममा युनाईटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।
खेलको १८ औं मिनेटमा चोङले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५९ औं मिनेटमा फाकुन्डोले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काएपनि युनाईटेडले २-१ को जित निकाल्यो ।