एजेन्सी । इटालियन सिरी 'ए' क्लब एसी मिलानले डिफेन्डर फोडे बल्लो टुरेलाई अनुबन्ध गरेको छ ।
मिलानले आइतबार सेनेगलको डिफेन्डरलाई अनुबन्धित गरिएको जनाएको छ ।
२४ वर्षीय डिफेन्डरलाई मिलानले फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको हो ।
फोडेले मिलानसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२५ को जुन ३० सम्म क्लबमा रहने छन् ।
फ्रान्समा जन्मिएका फोडेले मोनाकोका लागि ७४ खेल खेलेका छन् ।
उनले फ्रान्सको यू-२१ टिमबाट ८ खेल खेलेका थिए । तर, हाल फोडेले सेनेगलबाट खेल्दै आएका छन् ।
सेनेगलका लागि उनले ४ खेल खेलिसकेका छन् ।