एजेन्सी । टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान पुगेका दक्षिण अफ्रीकाका दुई फुटबल खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
दक्षिण अफ्रीका फुटबल एसोसियसनले आइतबार जापान पुगेका दुई खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको छ ।
दक्षिण अफ्रीकाले डिफेन्डर थाबिसो मोन्याना र मिडफिल्डर कामोहेलो महलाट्सीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
ओलम्पिक भिलेजमा प्रवेश गरिसकेका खेलाडीमा पहिलो पटक कोरोना देखिएको हो ।
शनिबार दक्षिण अफ्रीकाका भिडियो एनालिस्ट मारियो माशालाई कोरोना संक्रमण देखिएको थियो ।
टोकियो ओलम्पिक सुरु हुन ५ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिन थालेको हो । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।