एजेन्सी । गोलकिपर एलिसन बेकरले प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
ब्राजिलियन गोलकिपरले २०२६ सम्म क्लबमा बस्ने गरि लिभरपुलसँगको सम्झौता नवीकरण गर्ने भएका हुन् ।
एलिसन विश्वकै महंगा गोलकिपर बन्दै २०१८ मा लिभरपुल आएका थिए ।
२८ वर्षीय एलिसनलाई लिभरपुलले ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट क्लबमा अनुबन्धित गरेको थियो ।
एलिसनले लिभरपुलका लागि १ सय प्रिमियर लिग खेल्दै १ गोल समेत गरेका छन् ।
एलिसनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप उपाधि जितेका छन् ।
सन् २०१९ को कोपा अमेरिका विजेता टोलीका सदस्य उनले ब्राजिलका लागि ४७ खेल खेलेका छन् ।