एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसियाको तेस्रो चरणको छनोटको समूह विभाजन गरिएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार तेस्रो चरणमा छनोट भएका १२ टोलीको समूह विभाजन गरेको हो ।
एएफसीले १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार एसियाली फुटबलका पावर हाउस जापान र अष्ट्रेलिया एकै समूहमा परेका छन् ।
समूह 'बी' जापान र अष्ट्रेलियासँगै चीन, साउदी अरेबिया, ओमान र भियतनाम रहेका छन् ।
समूह 'ए' मा दक्षिण कोरिया, इरान, युएई, इराक, सिरिया र लेवनान रहेका छन् ।
तेस्रो चरणको छनोट खेलहरु आगामी सेप्टेम्बरबाट सुरु हुनेछ । समूहको शीर्ष दुई टोली कतार विश्वकपमा छनोट हुने छन् ।
समूहको तेस्रो हुने टोलीले प्ले अफ खेल्न पाउने छन् । प्ले अफमा विजेता टिम अन्तरमहादेशीय प्ले अफमा पुग्नेछ ।