एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा अहिले स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
डेनमार्कको पार्केन एरिनामा जारी स्पेन र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।
खेलको निर्धारित ९० मिनेटको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
स्पेनले समूह 'ई' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।
क्रोएसियाले समूह 'डी' बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।