एजेन्सी । क्रोएसियाका फरवार्ड इभान पेरिसिचले युरोकप फुटबल अन्तर्गत स्पेनविरुद्धको खेल गुमाउने भएका छन् ।
कोरोना भाईरसको संक्रमणको कारण पेरिसिचले स्पेनसँगको खेल गुमाउने भएका हुन् ।
युरोकपको नकआउट चरण अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ ।
क्रोएसिया एफएले कोरोना पोजेटिभ देखिएपछि पेरिसिच सेल्फ आईसोलेसनमा बसेको जनाएको छ ।
उनी कम्तिमा १० दिन सेल्फ आईसोलेसनमा रहने छन् ।
इन्टर मिलानका फरवार्ड पेरिसिचले समूह चरणमा दुई गोल गरेका थिए ।