एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो खेलमा अहिले इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा भईरहेको छ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी इटाली र अष्ट्रियाबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
रोमान्चक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन ।
खेलको ३२ औं मिनेटमा इटालीका सिरो इमोबाइलको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
यस्तै खेलको ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गोल गरेका थिए । तर, भीएआर रिभ्युमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।