एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अहिले वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २७ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन् । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पहिलो हाफमा वेल्सले पनि डेनमार्कको पोस्टमा आक्रमण गरेको थियो । तर, गोल निकाल्न सकेन ।
आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । डेनमार्क समूह 'बी' को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
वेल्स समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
हालसम्म डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।