एजेन्सी । फिफा विश्वकप छनोटमा कोलम्बियाले सानदार जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार भएको खेलमा कोलम्बियाले पेरुमाथि ३-० गोलको जित निकालेको हो ।
कोलम्बियालाई जित दिलाउन एरी मिना, म्याटियस उरिबे र लुइस डियाजले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा मिगुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेटियो ।
४९ औं मिनेटमा उरिबेले गोल गर्दै कोलम्बियाको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई ३-० को जित दिलाए ।
यस्तै खेलको ५९ औं मिनेटमा डानिल मुनोजले रातो कार्ड पाएपछि कोलम्बिया पनि १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै कोलम्बियाले ५ खेलमा ७ अंक जोडेको छ । कोलम्बिया छैटौं स्थानमा रहेको छ ।
पेरु १ अंक जोडेर पुछारमा रहेको छ ।