एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले ग्रससँग बराबरी खेलेको छ ।
बिहीबार राति भएको खेलमा बेल्जियमले ग्रीससँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको २० औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा जर्ज तजावेलासले गोल गर्दै ग्रीसलाई हारबाट जोगाए ।
युरोकप फुटबलको तयारीका लागि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।