एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरोकप फुटबल गुमाउने भएका छन् ।
थाइ चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले घोषणा गरेको टिममा २२ वर्षे आर्नोल्ड रहेका थिए ।
तर, बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डले चोट बोकेका थिए ।
लिभरपुलका डिफेन्डर समेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।